२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१८ भदौदेखि हकप्रद जारी गर्दै अपर तामाकोशी, कसरी दिने आवेदन ?


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 11.5K
    SHARES

  • images
    १८ भदौदेखि हकप्रद जारी गर्दै अपर तामाकोशी, कसरी दिने आवेदन ?


    काठमाडौं, २ भदौ ।  भदौ १८ गतेदेखि अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १: १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।

    उक्त हकप्रद सेयरको लागि यसले साउन २६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रदको दाबी गर्न पाउनेछन् । यता, असोज ७ गते यस कम्पनीको हकप्रद निष्कासन बन्द हुने सूचनामा उल्लेख छ । तसर्थ, लगानीकर्ताले सो मिति भित्र आवेदन दिनु पर्नेछ ।


    यसको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend