२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन प्रकरण- ६ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी


सञ्चार डबली
  • शुक्रबार, भदौ १ २०८०
  • 8.3K
    SHARES

  • images
    सुन प्रकरण- ६ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी

    काठमाडौं । साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ।

    हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका उनीहरुको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी बरामद गरेको हो। सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीको अनुसन्धानबाट खुलेको छ। सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबारबाट सीआईबीले पक्राउ गरेको छ।

    यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरिसकेको छ। राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको जनाएको छ। यस्तै प्रहरीले यही बुधबार काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए। पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष थिए।

    उनीहरुले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ।  चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको छ।

    नेपाली युवतीसँग बिहे गरेर नेपाली नागरिकतासमेत लिएका दावा लामाले भने बेल्जियमको नागरिकता लिएका थिए। दावालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो।

    हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। यसअघि यस प्रकरणमा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले पक्राउ परेका १८ मध्ये १७ जनालाई सीआईबीको जिम्मा लगाएको थियो। जसमा एकजना भने छुटिसकेका छन्। राजस्वले फाइल बुझाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। 

    राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्दा उच्च अदालत पाटनमा उपस्थित गराइएको थियो। उच्च अदालतले पछिल्लो पटक १५ दिनको म्याद दिए पनि सीआईबीले अनुसन्धान गर्ने भन्दै उनीहरुलाई बुझाइएपछि जिल्ला अदालतबाट म्याद थप भइरहेको छ। संगठित अपराधमा ६० दिन र राजश्व छलीमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाउने कानुनी व्यवस्था छ। 

    सुन प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई सुरुमा पक्राउ परेका थिए। 

    यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका थिए। तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए। 

    त्यसपछि सीआईबीले आफ्नो अनुसन्धानको सुई चिनियाँ नगारिकतिर घुमाएको हो। सीआईबीले दावाबाहेक ६ जना चिनियाँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend