२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

६० किलो सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ


सञ्चार डबली
  • शुक्रबार, भदौ १ २०८०
  • 8.4K
    SHARES

  • images
    ६० किलो सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ

    शुक्रबार, ०१ भदौ २०८०
    काठमाडौं । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले  बताए ।

    साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

    सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend