२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ ?


सञ्चार डबली
  • शुक्रबार, भदौ १ २०८०
  • 9.9K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ ?

    सञ्चारडबली
    २०८० भाद्र, १ शुक्रवार
    काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौँ १ गते शुक्रबार देखि लागु हुने गरि आफ्नो संचालनमा रहेका विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।भदौबाट लागू हुनेगरी ६ महिनादेखि १ वर्ष अवधिको मुद्दति निक्षेपमा ९.४९ र १ वर्ष तथा सोभन्दा माथिको अवधिको मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज पाउँदै आएकोमा अब १०.९९ प्रतिशत पाउनेछन् ।

    बैंकले संस्थागत निक्षेपमा भने ६ महिनादेखि ५ वर्षसम्म अवधिलाई ७ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधिलाई ७.४९ प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ पनि बैंकले ब्याजदर बढाएको छ । एमबिल कर्मसिल बचत खातामा यसअघि ७.८५ प्रतिशत ब्याज ब्याज दिएको बैंकले भदौका लागि ८ प्रतिशत पुर्याएको छ ।

    बैंकले तीन महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा बैंकले ब्याजदर भने परिवर्तन गरेको छैन । यसअघि ९ प्रतिशत कायम रहेको सो ब्याजदर अहिले पनि ९ प्रतिशत नै छ । साउनका लागि बैंकले सबै प्रकारको मुद्दति निक्षेपमा समान ९ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

    त्यसैगरी, त्यस्तै एम-स्मार्ट बचत खाता र स्मार्ट प्लस सेभिङ अकाउन्टको ब्याजदर ७ प्रतिशत बनाइएको छ । मेरो लगानी बचत खाताको ब्याजदर भने ६.८५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारिएको छ । अरु सबै प्रकारको खातामा बचतकर्ताले ४.८५ प्रतिशत ब्याज पाउँदै आएकोमा अब ५ प्रतिशत पाउनेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend