२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images
सेयर बजारमा सकारात्मक संकेत, ८.०१ अंकले बढ्यो

सेयर बजारमा सकारात्मक संकेत, ८.०१ अंकले बढ्यो


सञ्चार डबली
  • बिहीबार , साउन ३२ २०८०
  • 9.9K
    SHARES

  • images
    सेयर बजारमा सकारात्मक संकेत, ८.०१ अंकले बढ्यो


    काठमाडौं, ३२ साउन । सेयर बजारले आज सकारात्मक संकेत देखाएको छ । यस दिन नेप्से सूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा आएको छ । १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यसअघि विशेषगरी बजारमा ब्याजदर वृद्धिको हल्ला बेस्सरी चलेको थियो । सबै बैंकले बढाउन सक्ने अनुमान पनि भइरहेको थियो । तर ब्याजदर बढाउनेमात्र होइन, घटाउने बैंकहरु पनि भए । एक दर्जन बैंकले ब्याजदर बढाए पनि विशेषगरी ठूला र सबल बैंकहरुले भने ब्याजदर घटाए । केहीले स्थिर पनि राखे ।

    यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend