२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजदेखि सन्दीप लामिछानेविरुद्धको मुद्दामा नियमित सुनुवाई हुने


सञ्चार डबली
  • बिहीबार , साउन ३२ २०८०
  • 10.1K
    SHARES

  • images
    आजदेखि सन्दीप लामिछानेविरुद्धको मुद्दामा नियमित सुनुवाई हुने

     

    काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ । आजदेखि क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाई हुनेछ । अन्तिम सुनुवाई भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।

    उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

    यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend