२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

२०.३१ अंकले घट्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 9.1K
    SHARES

  • images
    २०.३१ अंकले घट्यो नेप्से सूचक

     

    काठमाडौ, ३१ साउन । सेयर बजारमा गिरावट आउनेक्रम आज पनि जारी रहेको छ । आज नेप्से सूचक २०.३१ विन्दुले घटेर २०२५.१२ अंकमा आएर अडिएको छ । करिब १ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि औसत भन्दा कम हो ।

    आम लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले सकारात्मक प्रदर्शन गर्न नसकेको हो । सूचीकृत कम्पनीहरुको चौथो त्रैमासमा आौसत वित्तीय विवरण आएको छ । यही बेला भदौका लागि बैंकहरुले ब्याजदर बढाउन सक्छन् भन्ने हल्ला पनि चलेको छ । ब्याजदर बढ्न सक्ने आशंका कारण पनि बजार निकै सुस्त भएको अनुमान गरिएको छ ।

    यस दिन २६९ कम्पनीको ४८ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोढ ४१ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend