२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेको इन्स्याेरेन्सको खुद मुनाफामा  बढोत्तरी, इपीएस कति ?


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 8.7K
    SHARES

  • images
    नेको इन्स्याेरेन्सको खुद मुनाफामा  बढोत्तरी, इपीएस कति ?

     

    काठमाडौ, ३१ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा नेको इन्स्याेरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढेर ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

     

    यसअवधिमा खुद बिमा शुल्क आम्दानी ४.०३% ले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । यद्दपि, पुनर्बिमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो ।

    बिमा कोषको आकार भने २०.३४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend