२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 8.2K
    SHARES

  • images
    मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

     

    काठमाडौ, ३१ साउन । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइ सकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।

    हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ ।

    लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend