२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो नेसनल लघुवित्तको नाफा , इपीएस कति ?


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 8.6K
    SHARES

  • images
    घट्यो नेसनल लघुवित्तको नाफा , इपीएस कति ?

     

     
    काठमाडौ, ३० साउन । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ४०.३६ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । 

     

    खुद ब्याज आम्दानी सामान्य (०.६० प्रतिशत) ले घटेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४०.३४% ले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

    प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १६ करोड ७८ लाख १२ हजार रुपैयाँ छ ।


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend