२०८३, कात्तिक १५ गते

images
Logo

Nov 01 2026 | २०८३, कात्तिक १५ गते

images
  • आइतबार, कात्तिक १५ २०८३

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ८ उजुरी


सञ्चार डबली
  • आइतबार, कात्तिक १५ २०८३
  • 759
    SHARES

  • सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ८ उजुरी

    काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ८ वटा उजुरी परेका छन्।

    समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। शुक्रबारसम्म ८ वटा उजुरी परेको र उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेकाले संख्या थप बढ्न सक्ने समितिले जनाएको छ। जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

    पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन्, भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए ।

    गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend