२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मुल्य, नेपाली गोलभेडा १४० रुपैयाँ


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 11.9K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मुल्य,  नेपाली गोलभेडा  १४० रुपैयाँ

    ३० श्रावण २०८०, मंगलबार  

    काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका नुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ७०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ५८, लौका ५०, हरियो फर्सी ७०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल २०, गाँजर १००, मूला सेतो ४०, मूला रातो ६०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ५०, पिँडालू ६०, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७०, लोकल काँक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जनको १४०, अनार ३५०, नासपाती ६०, एभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

    यस्तै, लप्सी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ३५, छ्यापी सुकेको २२०, भेडे  खुर्सानी ७०, फूजी स्याँउ ३५०, अम्बा २८०, जुनार ३००, तोफु ११०, तने बोडी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend