२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

३.६१ अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 9.0K
    SHARES

  • images
    ३.६१ अंकले घट्यो सेयर बजार

     

    काठमाडौ, २९ साउन । सेयर बजार सोमबार तुलनात्मक रुपमा सुस्त देखिएको छ । नेप्से सूचक सामान्य रहँदा कारोबार रकम पनि औसतमा मात्र रहेको छ । यस दिन नेप्से सूचक ३.६१ विन्दुले घटेर २०७७.२४ अंकमा अडिएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

    यसअघि ३ दिन लगातार बजार बढेको थियो । तर सोमबार भने बजार सुस्त देखियो । बजार प्रत्येक दिन एउटै गति र प्रवृत्तिमा चल्दैन । घट्ने वा बढ्ने सेयर बजारको सामान्य नियम हो । सूचकका साथमा कारोबार रकम पनि प्रत्येक दिन तलमाथि भइरहन्छ ।

    यस दिन २७९ कम्पनीको ५४ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ११ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र घोराही सिमेन्ट कम्पनी परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend