२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो रूरू जलविद्युत् परियोजनाको नाफा, कति छ इपीएस ?


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 8.7K
    SHARES

  • images
    घट्यो रूरू जलविद्युत् परियोजनाको नाफा, कति छ इपीएस ?

     

    काठमाडौ, २९ साउन । रूरू जलविद्युत् परियोजनाले गत आर्थिक वर्षको थौथो त्रैमाससम्म आइपुग्दा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा २६.०७ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १६.६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो ।

    साथै, कम्पनीको बिक्री लागत पनि ४ करोड ४८ लाख रुपैयाँ नोक्सानमा छ । यसले पनि नाफामा असर गरेको हो । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ । असार मसान्तसम्म आइपुग्दा रूरूको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसाबाट घटेर १३ रुपैयाँ ९५ पैसा  कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २८ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend