२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अप्पर लोहोरे हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 8.1K
    SHARES

  • images
    अप्पर लोहोरे हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै


    काठमाडौं २९ साउन । अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँड आज हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ आज साँझ ५ बजे बत्तीसपुतलीमा हुनेछ ।

    कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारण लागि छुट्याएको थियो। जसमध्य १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशिक राजोगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरियो भने ३९ हजार ७६५ कित्ता कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर पनि सर्वसाधारणका लागि थप गरी निष्कासन गरेको थियो ।

    कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ४३ हजार २६ जना लगानीकर्ताले कुल १ करोड ५१ लाख ३२ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ७.७४ गुणा बढी आवेदन हो ।

    मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १ लाख ९५ हजार ३ सय २७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४७ हजार ६९९ जनाको भने हात खाली हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend