२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 8.4K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात

    सञ्चार डबली
    काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात गरेको छ । एभरेष्ट बैंकले फाने पे नेपाल संगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” सेवा सञ्चालनमा ल्याएको हो । 

    बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप बाट यो सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । 

    विशेष कार्यक्रमका बिच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको समुदघाटन गरेका छन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

    सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ्ग भविष्यलाई समेत नयाँ आकार दिएको बताएका छन् । साथै फाने पे का प्रमुख कार्यकारी अधिकृत श्री सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने बताएका छन् । 

    हालको लागि उक्त सुविधा एनएफसि प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा “टयाप” गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफु संग भएको “फोन पे बिजनेस एप” बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । 

    पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend