२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकारले तालिमका नाममा बजेट छरेको छ : दिनेश श्रेष्ठ


सञ्चार डबली
  • आइतबार, साउन २८ २०८०
  • 16.6K
    SHARES

  • images
    सरकारले तालिमका नाममा बजेट छरेको छ : दिनेश श्रेष्ठ

    काठमाडौं २८ साउन । सरकारले तालिमका नाममा मन्त्रलयहरूमा बजेट छरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले तालिमका नाममा कनिका जस्तो बजेट छर्दा लक्षित वर्गले अवसरबाट बन्चित हुन पुगेको बताएका हुन् ।

    सरकारले छुट्याएको बजेटलाई प्रभावकारी र लक्षित वर्गसम्म पुर्याउनका लागि त्यसलाई उद्योग वाणिज्य संघ अन्र्तगत ल्याउनु पर्ने तर्क गर्दै उनले भने,‘राज्यले तालिमका नाममा कनिका छरेको जस्तो तिनचारवटा मन्त्रालयहरुमा तालिम गर्ने भन्दै कहिले युवामा, कहिले महिलामा र उद्योगमा बजेट छरेर राखेको छ । म निवेदन गर्न चाहान्छु हामीलाई सीपको खाँचो छ भन्ने उद्योग वाणिज्य संघ र जिल्ला, नगर, वस्तुगत वाणिज्य संघहरूलाई त्यो पैसा उपलब्ध गराईदिनुभयो भने तालिम लिने त्यो मान्छे जुन छ, उसलाई रोजगार दिने जिम्मा पनि हामीले लिन्छौं । यसमा हामीलाई समन्वयन गरिदिनुस् । यो मन्त्रालयहरुको भागबण्डाले गर्दा सरकारले  ट्रेडिङको नाममा राखेको बजेटको सहि उपयोग भएको छैन् ।’

    श्रेष्ठले राज्यले खर्च गरेर दिएको ट्रेडिङ लिएकाहरुको यकिन विवरण पनि नभएको भन्दै आफुहरुलाई बजेटको अधिकार दिए त्यसलाई पारदर्शी बनाएर लैजाने दाबी गरेका छन् ।

    ‘एउटै व्यक्तिले पाँच पटकसम्म टे«डिङ लिएको छ । त्यो टे«डिङ दिने मान्छेहरु कहाँ छन् भन्ने कुरा खोज्न पनि सक्दैन । हामी तपाईंलाई ग्यारेन्टि दिन्छौ, ट्रेडिङ लिने मानिस कहाँ छ ? कति छ ? कसरी टे«डिङ गरेको छ भन्ने विवरण दिन्छौं । त्यसका लागि उद्योग वाणिव्य संघ काठमाडौं तैयार छ,’ श्रेष्ठले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend