२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा


सञ्चार डबली
  • शुक्रबार, साउन २६ २०८०
  • 8.0K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

    शुक्रबार, साउन २६, २०८०
    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमै पहिलोपटक अफलाइन ‘ट्याप एन्ड पे’ सेवा ल्याएको छ । बैंकले ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरी मोबाइल बैंकिंग एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सञ्चालनमा ल्याएको बताएको हो ।

    टोकनाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिइएको बैंकको भनाइ छ । यसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले जनाएको छ ।माछापुच्छ्रे बैंकले यो सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित् मर्चेन्टहरुबाट पीओएस मार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने बताइएको छ ।

    हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने र सेवा प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले एफवानसफ्ट इन्टरनेसनल, नेपाल क्लियरिङ हाउस लिमिटेड र सिटिटेकसँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको बताएको छ । बैंकले टोकनाइजेसलाई बिस्तारै अन्य प्रोडक्ट तथा सर्भिसहरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend