काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.२४ अंकले बढ्दै २५ सय २२ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४१ कम्पनीका ७६ लाख १३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ नाघेको छ ।
आज कारोबारमा आएकामध्ये उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । यसरी सबै समुहको परिसूचक उकालो लाग्दा १ सय ८१ कम्पनीको सेयरमुल्य बढेको छ । यस्तै आज ८४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा बाँकी १२ कम्पनीको सेयरमूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ ।


