२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा भारी गिरावट, कारोबार रकम पनि घट्यो


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 1.3K
    SHARES

  • images
    नेप्से परिसूचकमा भारी गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५ सय १३.४२ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ५५ कम्पनीको घटेको छ ।

    सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब ६४ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शुक्रबार ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरैकमाउनेमा उपकार लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य १३.१६ प्रतिशतले घटेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा मैलुङ्ग खोला जलविद्युतका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend