२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो सुनको भाउ, आज कति छ ?


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 103.9K
    SHARES

  • images
    घट्यो सुनको भाउ, आज कति छ ?

     

    काठमाडौ, २४ साउन । सुनको भाउ लगातार तीनदिन घटेको छ । यो तीनदिनमा सुनको भाउ भने ५०० रुपैयाँले घट्न पुगेको छ । जसमा सोमवार मंगलवार सुनको भाउ क्रमशः १०० र ३०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज १०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

    मंगलवार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलवार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend