काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५ सय ५८.३५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ५२ कम्पनीको सेयर भाउ घटेको छ ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्सका लगानीकर्ताहरु रहेका छन् । यसमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर भाउमा नकारात्मक सर्किट लागेको छ ।


