२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

३३ किलो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार थियोः विष्णु रिजाल


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 7.6K
    SHARES

  • images
    ३३ किलो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार थियोः विष्णु रिजाल

    काठमाडौं, २४ साउन । ३३ केजी सुन नेपाल भित्राउँदा कांग्रेसको सरकार रहेको जनाइएको छ । आज सामाजिक सञ्जालमार्फत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता विष्णु रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको जनाएका हुन् । संसदमा सुन प्रकरणलाइ लिएर वादविवाद भइरहदा रिजालको यस्तो टिप्पणी आएको हो ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend