२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज पाकिस्तानमा संसद विघटनका लागि पत्र बुझाइदै


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 8.1K
    SHARES

  • images
    आज पाकिस्तानमा संसद विघटनका लागि पत्र बुझाइदै

    काठमाडौं, २४ साउन । पाकिस्तानमा प्रधानमन्त्री सेहबाज सरिफको कार्यकाल अगस्ट १२ मा सकिँदैछ।यसका कारण प्रधानमन्त्री शहबाज शरीफले मंगलबार भनेका थिए आज उनले राष्ट्रपति आरिफ अल्वीलाई पाकिस्तानको नेशनल असेंबली समयपूर्व विघटन गर्न पत्र लेख्ने बताएका छन्, ताकि देशमा जतिसक्दो चाँडो निर्वाचन होस्। इस्लामावादमा आयोजित एक कार्यक्रममा शहबाज सरिफले अन्तरिम सरकारले बाँकी अवस्थालाई सम्हाल्ने बताएका छन् ।

    अर्कोतर्फ प्रधानमन्त्री शाहबाजको सिफारिस स्वीकार भए ४८ घण्टाभित्र सरकार विघटन हुने र सरकारले निर्धारित समयभन्दा तीन दिन अगाडि नै नेशनल असेंबली विघटन गरी ९० दिनभित्र निर्वाचन गर्ने घोषणा गरेको छ

    उनले रावलपिंडीमा पाकिस्तानी सेनाको जनरल हेडक्वार्टरको विदाई भ्रमण गरेका छन्। एक रिपोर्टका अनुसार प्रधानमन्त्री सरिफले मंगलबार जनरल हेडक्वार्टर (जीएचक्यू) मा आफ्नो विदाई भ्रमण गरे, प्रधानसेनापति जनरल असिम मुनीरले प्रधानमन्त्रीलाई न्यानो स्वागत गरेका थिए ।

    सरकार प्रमुखको रूपमा आफ्नो कार्यकालको महत्त्वपूर्ण क्षणको रूपमा स्मरणसमेत गरेका छन र प्रधानमन्त्री शाहबाजले देशका शहीद वीरहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

    नेशनल असेंबलीका विपक्षी दलका नेता राजा रियाजले कार्यवाहक प्रधानमन्त्रीको नामबारे प्रधानमन्त्रीसँग अहिलेसम्म भेट वा परामर्श नगरेको बताए । उनले बुधबार बैठक बस्ने र कार्यवाहक प्रधानमन्त्री को हुने ? भन्ने विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend