२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालक आन्दोलनमा


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 13.9K
    SHARES

  • images
    शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालक आन्दोलनमा


    काठमाडौं, २३ साउन । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । आज पत्रकार सम्मेलन गरेर उनीहरुले ज्ञापनपत्र बुझाउनेदेखि १ भदौबाट अनिश्चितकालीन विद्यालय बन्द गर्नेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    प्रस्तावित विधेयकमा समावेश गरिएका केही विषयप्रति आपत्ति जनाउँदै निजी विद्यालयका छाता संगठन प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    कम्पनीमार्फत् सञ्चालित विद्यालयहरुलार्ई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको भन्दै सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार देशभर बुधवार पालिका÷जिल्ला प्रशासन कार्यालय÷शिक्षा विकास तथा समान्वय इकाइ÷प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, बिहीवार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रवार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ–आफ्ना संगठनमा समीक्षा बैठक गर्ने र शनिवार  देशैभरका अनिश्चितकालिन विद्यालय बन्द गर्ने, भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend