२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो सुनचाँदीको भाउ


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 72.7K
    SHARES

  • images
    घट्यो सुनचाँदीको भाउ

     

    काठमाडौ, २३ साउन । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । सोमवार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend