२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आफनो मुद्धा हेर्ने न्यायधिस फेर्नु पर्ने ट्रम्पको नयाँ अडान


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 9.0K
    SHARES

  • images
    आफनो मुद्धा हेर्ने न्यायधिस फेर्नु पर्ने ट्रम्पको नयाँ अडान

    काठमाडौ, २३ साउन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा भएको धाँधलीको मुद्दामा निष्पक्ष सुनुवाइ हुनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । त्यसैले उसले आफनो आपराधिक मुद्दाको निरीक्षण गर्न र मुद्दालाई वाशिंगटनबाट बाहिर सार्न पर्ने जनाउँदै अर्का न्यायाधीश फैसलामा राख्नका लागि लागि निवेदन गर्ने भएका छन् ।

    सन् २०२० मा भएको निर्वाचनमा ट्रम्पले पराजयको सामना गर्नुपर्‍यो तर उनले चुनावी नतिजा स्वीकार गर्न अस्वीकार गरेका थिए । यसपछि जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले राजधानीमा आक्रमण गरेका थिए। डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणमा असफल मानिएको थियो । यसपछि ट्रम्पमाथि हारका बाबजुद पनि पदमा बसेको आरोप लागेको थियो ।

    त्यसैले ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोप लगाइएको छ। न्यायाधीश तान्या चुटकनलाई पूर्व राष्ट्रपति बाराक ओबामाले मुद्दाको जिम्मेवारी सुम्पएका थिए ।

    ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै वाशिङटनमा ‘निष्पक्ष सुनुवाइ हुने नसक्ने भन्दै अरु कुनै उपाय लगाउनु पर्ने बताएका हुन । जसकाकारण आफनो मुद्दालाई अन्य अदालतमा स्थानान्तरण गर्न माग गर्ने भएका छन् । तर, अदालतमा कुनै औपचारिक अनुरोध भने अझै दायर गरिएको छैन ।

    भूतपूर्व राष्ट्रपति ट्रम्पले धेरै वर्षपछि अहिले चुनाव हुन लागेको बेला आरोप लगाइएको बताए । ‘यो एउटा षड्यन्त्र मात्र हो भन्ने प्रष्ट हुन्छ,’ उनले भनेका छन् । उनले यो पनि भने कि, ‘मलाई आशा छ कि अमेरिकाका जनताले यो देख्नेछन्। हाम्रो देश बर्बाद हुँदैछ । यसलाई फेरि उत्कृष्ट बनाउनु पर्छ। र, हामी तुरुन्तै मुद्दाको अर्को न्यायाधीशबाट सुनुवाई गर्न माग गर्नेछौं। यसका साथै मुद्दालाई अन्यत्र स्थानान्तरण गर्न पनि निवेदन दिनेछौं ।’

    यसअघि उनले भनेका थिए कि, ‘मैले सुनेको छु कि विशेष काउन्सिल ज्याक स्मिथले २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न म माथि अर्को फर्जी आरोप लगाउने छन्। यो मुद्धा लगाउने काम साढे दुई वर्षअघि किन गरेनन् रु किन यति लामो समय पर्खनु परयो रु किनभने तिनीहरू यसलाई मेरो अभियानको बीचमा राख्न चाहन्थे। यसले अभियोजन पक्षको दुर्व्यवहार देखाउँछ।’

    मिडिया रिपोर्टका अनुसार तान्या चुटकन जनवरी ६, २०२१ मा वाशिंगटनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरूलाई कडा सजाय दिने न्यायाधीशको रूपमा चिनिन्छन्। उनी ट्रम्पद्वारा नियुक्त फ्लोरिडाको संघीय न्यायाधीश इलिन क्यानन भन्दा निकै ‘कडा’ मानिन्छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend