२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 7.8K
    SHARES

  • images
    नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो
    काठमाडौ, २२ साउन । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको थियो ।

    यसमा छिटोमा सोमबार (साउन २२ गते) सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । यद्दपि, सोमबारसम्म माग अनुसार आवेदन नपरेपछि अब साउन ३१ गतेसम्म बिक्री खुला रहने बिक्री प्रमन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

    बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।

    यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend