२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

संसदको गतिरोध अन्त्य गर्न शिर्ष दलको बैठक आज पनि बस्दै


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 10.4K
    SHARES

  • images
    संसदको गतिरोध अन्त्य गर्न शिर्ष दलको बैठक आज पनि बस्दै

     

    काठमाडौं, २३ साउन । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन् । सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुबै छलफल निष्कर्षमा पुग्न नसके पछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन् ।

    जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्नेछ । प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाईएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन् ।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरे पछि गत १२ साउन देखी नै संसद अवरुद्ध हुँदै आएको छ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौं बैठकहरु निष्कर्षमा निस्कन सकेका छैनन् । आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend