२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आँबुखैरेनी गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोपबाट प्रभावितहरुको आजदेखि ३ दिन निःशुल्क उपचार गर्ने


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 6.4K
    SHARES

  • images
    आँबुखैरेनी गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोपबाट प्रभावितहरुको आजदेखि ३ दिन  निःशुल्क उपचार गर्ने

    मंगलबार, साउन २३, २०८०
    आँबुखैरेनी । आँखा पाक्ने रोगको प्रकोप बढेसँगै तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रभावितहरुको निःशुल्क उपचार गर्ने भएको छ । जसका लागि गाउँपालिकाले आजदेखि तीन दिन गाउँपालिकाका ३ विद्यालयमा निःशुल्क आँखा उपचारको शिविर सञ्चालन गर्न लागेको छ । गाउँपालिकाले सूचना जारी गर्दै सो सम्बन्धि जानकारी दिएको हो ।

    भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाले आँखा परीक्षण शिविर गर्न लागेको हो । आँखा पाक्ने प्रकोपले भयावह स्थिति आउने देखिएपछि विद्यालयमै पुगेर उपचार गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । आँखा रोग बिशेषज्ञ सहितको टोलीले आँखा पाक्ने समस्यामा परेका विद्यार्थीहरुको आँखा परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए ।

    साउन २३ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी गाउँपालिका भित्रका तीन वटा विद्यालयमा आँखा परीक्षण शिबिर राखिएको हो । आँखा पाक्ने रोगको संङक्रमण बढ्दै जान थालेपछि उच्च सर्तकता अपनाउँदै गाउँपालिकाका तीन विद्यालयमा आँखा परीक्षण गरिने उनले बताए ।

    उनका अनुसार आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा साउन २३ गते, आँबु–१ को मित्रता माध्यमिक विद्यालयमा २४ गते र आँबु ४ को छिम्केश्वरी माध्यमिक विद्यालयमा २५ गते व्यवस्था मिलाएको हो ।

    अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिनेछ । उनले भने,‘आँबुखैरेनी अस्पतालको आँखा उपचार केन्द्रमा नियमित परीक्षणको समेत व्यवस्था गरेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend