२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images
साढे ३ अर्बको कारोबार

सेयर बजारमा ४.०५ अंकको गिरावट, ३ अर्ब ७७ करोडको कारोबार


सञ्चार डबली
  • शुक्रबार, साउन २२ २०८३
  • 17.4K
    SHARES

  • images
    सेयर बजारमा  ४.०५ अंकको गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

    काठमाडौं- साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ। अघिल्लो दिन दोहोरो अंकले घटेको बजार बिहीबार पनि ४.०५ अंकले ओरालो लाग्दै २६५०.०९ विन्दुमा कायम भएको हो।

    आज कारोबारमा आएका ३३४ कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य घट्दा ८४ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ४६३.५६ विन्दुमा झरेको छ।

    १३ वटा उपसूचकमध्ये ९ वटा समूह राताम्मे हुँदा ४ वटा समूह मात्रै हरियो रहे। यसले बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गरेको छ।

    परिसूचक घटे पनि कारोबार रकम भने सन्तोषजनक रह्यो। आज ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर ४६ हजार ९१२ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend