२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ६२ करोडमा सीमित


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 22.9K
    SHARES

  • images
    सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ६२ करोडमा सीमित

    काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १३.८२ अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर रोकिएको हो ।

    आज कुल ३ सय ४७ कम्पनीका १ करोड ८ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ कायम भएको छ ।

    आज कारोबारमा आएकामध्ये २ सय २ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ६४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको नेप्सेले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend