२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण हो : प्रेम सुवाल


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 10.1K
    SHARES

  • images
    जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण हो : प्रेम सुवाल

    काठमाडौं, २१ साउन । जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण भएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् । आज मानव अधिकार तथा शान्ति समाजले, काठमाडौंमा आयोजना गरेको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन विधेयकका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरुसँग विशेष छलफल कार्यक्रममा उनले भागबण्डाको राजनीति कै कारण शान्ति प्रक्रियाले ठोस रुप लिन नसेकेको दाबी गरेका छन् ।

    सांसद सुवालले भने ‘शान्ति प्रक्रियाको पक्षमा नजानु र पीडितको पक्षमा नजानुको मुख्य कारण चै सरकार र सरकारमा रहेका पार्टी नै विदेशको प्रभावमा पर्नुको नतिजा हो।’सरकारमा रहेका पार्टीहरु विदेशीहरुको प्रभावमा परेको कारणले गर्दा जनताले न्याय नपाएको उनको भनाई छ ।

    उनले ललिता निवासको घटना सेलाउन नपाउँदै सुन तस्करि प्रकरण आएको र जनताले न्याय नपाउनुमा राजनीतिक पार्टीको भागबण्डा नै प्रमख भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend