२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम सामान्य बढ्यो


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 5.8K
    SHARES

  • images
    नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम सामान्य बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.९६ अंकले बढेर २ हजार ६ सय ८५.५४ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल (तराई)का लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ ।

    शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आज ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend