२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने माओवादी केन्द्रको निर्णय


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 8.4K
    SHARES

  • images
    नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने माओवादी केन्द्रको निर्णय


    काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो ।

    १७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आज पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गरेका हुन् ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।
    जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ ।

    यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् । पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend