२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

समृद्ध नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन :  वनमन्त्री महतो


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 9.1K
    SHARES

  • images
    समृद्ध नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन :  वनमन्त्री महतो


    काठमाडौ, २१ साउन । वन संरक्षण ठूलो चुनौतीको रुपमा रहेको वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले बताएका छन् । आज राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौंको टेकुमा आयोजित १ लाख वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षरोपण गर्ने गरिए पनि त्यस्को संरक्षण चुनौती बनेको बताएका हुन् ।

    मन्त्री महतोले वनलाई पनि रोजगारीसँग जोडिने बनाउनु पर्ने बताएका छन् । वन तथा वन भित्र रहेका वन्यजन्तुहरुप्रति भएको द्धन्दहरुलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ ।

    वनमन्त्री महतोले भने, ‘ वन लगाउन सफल भयौं तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रुपमा रहेको छ । अहिले पनि जंगल भित्र काठहरु छन्। त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौं । बाहिरबाट काठहरु मगाउनु परिरहेको छ । समृद्ध र हरियो नेपाल बनाउने तपाईहरुको सोंच र लक्षका कार्यहरु छ त्यसबाट सरकार पछि हट्दैन् । तपाईहरुले जुनसुकै वेला पनि तपाईहरुलाई चाहिएको सहयोग गर्न तयार छौं । म तपाईहरु संग छु ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend