२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पुँजीपती वर्गले उद्योगधन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान दिएनन् : महेश बस्नेत


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 9.0K
    SHARES

  • images
    पुँजीपती वर्गले उद्योगधन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान दिएनन् : महेश बस्नेत


    काठमाडौ, २१ साउन । दलालको पछाडि रहेर पूँजीपती वर्गले नेताहरुसँगको सेटिङ मार्फत नियतवस व्यापार,व्यवसाय र उद्योगधन्दा निश्चित संभ्रान्त परिवार भन्दा बाहिर लान नखोजेको नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले आरोप लगाएका छन् ।

    आज भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति,ओम्नी जस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिदै नेपालमा दलालका पछाडि बसेका पूँजीपतीले उद्योगधन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान नदिएको आरोप लगाएका हुन् ।

    उनले भने, ‘ओम्नी भनेको कमन हो । हिजो स्वास्थ्य विभागबाट सम्झौता गरेर चाइनाबाट औषधि खरिद गरियो, औषधिको अन्तर्राष्ट्रिय रुपमै सटेज थियो । चाइनाबाट फ्रान्स लान खोजेको औषधि अमेकिरकाले बीचैमा पाँच गुणा महंगो पैसा लिएर लियो । अनि हाम्रो स्वास्थ्य विभागले चाँहि महंगो भनेर सम्झौता रद्द गर्यो । अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्,गलत गरे छानबिन गर्नु भनिराछौं हामी ।

    उले भने , यति मात्रै होइन गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अरबौ लगानी गरेर आज गोकर्ण रिसोर्ट,इज्जतको ठाउँ बनाएको छ । कतिलाई रोजगारी दिएको छ कति स्थानीय बस्तुको प्रयोग भएको छ’, एमाले नेता बस्नेतले यति लिज प्रकरण तथा ओम्नी भ्रष्टाचार काण्डमा समेत जनता, मिडिया र सामाजिक सञ्जाल वास्तविकता नबुझी बहकिएको आरोप पनि लगाए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend