२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रिमियम भाउमा आईपीओ बिक्री गर्न सोनापुर मिनिरल्सलाई बोर्डको अनुमति


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 7.6K
    SHARES

  • images
    प्रिमियम भाउमा आईपीओ बिक्री गर्न सोनापुर मिनिरल्सलाई बोर्डको अनुमति

     

    काठमाडौ, २१ साउन । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडलाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न अनुमति दिएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

    आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend