२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जर्जियाको पहाडी क्षेत्रमा पहिरो : हालसम्म जर्जियामा १७ को मृत्यु, १८ बेपत्ता


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 9.6K
    SHARES

  • images
    जर्जियाको पहाडी क्षेत्रमा पहिरो : हालसम्म जर्जियामा १७ को मृत्यु, १८ बेपत्ता

     

    काठमाडौं, २१ साउन । जर्जियाको पहाडी क्षेत्रमा रहेको एक रिसोर्ट क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुर्घटना भएको तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ । अधिकारीहरुले अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको बताएका छन् ।

    विदेशी सञ्चारमाध्यमका अनुसार बिहिवार जर्जियाको राजधानी टिबिलिसीबाट १४० किलोमिटर टाढा शोवी क्षेत्रमा पहिरो गएको हो । शोई क्षेत्र आफ्नो सौन्दर्यको लागी प्रसिद्ध छ। यी क्षेत्रमा कुटेज र साना होटलहरू छन्। जर्जियाको आपतकालीन व्यवस्थापन सेवाका प्रमुख टेमुर मागेब्रिशभिलीले तीन दिन पछि शनिवार १७ जनाको मृत्यु भएको पुष्टि भएको बताए । १८ जना अझै बेपत्ता छन् ।

    मृतक १७ मध्ये सात जनाको मात्रै पहिचान भएको अधिकारीले बताएका छन् । अन्यको डिएनए मार्फत पहिचान हुनेछ । पहिरोको कारण सो क्षेत्रमा भारी मात्रामा बर्षा भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend