२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकाले भ्रष्टाचार प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न सकेन : गुरु घिमिरे


सञ्चार डबली
  • शनिबार, साउन २० २०८०
  • 8.3K
    SHARES

  • images
    सरकाले भ्रष्टाचार प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न सकेन : गुरु घिमिरे


    काठमाडौ, २० साउन । सरकाले अहिलेसम्मका बिभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले बताएका छन् ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने मात्र काम गर्न नहुने बताए । उनले यस्ता प्रकरणमा सरकारले जात्रा मात्र देखाउने मात्र काम गरेको भन्दै टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताएका छन् ।

    उनले भने ‘ कुनै पनि छानविनको जनताले विश्वास गर्न सक्या छैन् । फाइल खोल्ने काम मात्रै होईन् पूर्वाग्रह नराखेर यसको टुङ्गो लगाउनु पर्छ । राजनीतिक बाटै संरक्षित भयो अपराध कर्म, संरक्षित नभएको भए देशलाई यस्तो प्रभाव पर्ने भ्रष्टाचार हुदैन् थियो । ’

    नेपालमा अभाव नै नभएको भने सरकार भएको केन्द्रीय सदस्य घिमिरेले उल्लेख गरेका छन् । उनले ७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचारको प्रकरण कति हुन्छ त्यो पनि प्रष्ट भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend