२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचक १४ दशमलव ४५ अङ्कले घट्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • बुधबार, असार १० २०८३
  • 2.3K
    SHARES

  • images
    नेप्से परिसूचक १४ दशमलव ४५ अङ्कले घट्यो, कति भयो कारोबार ?

    १० असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक ४ महिनाकै न्यून हो । अघिल्लो दिन पनि नेप्से परिसूचक २६.१६ अंक घटेको थियो ।

    आजको अंक फागुन १४ यताकै न्यून हो । फागुन १४ गते नेप्से २६५४ अंकमा थियो । आज बजार परिसूचक दिनभरजसो रातो रह्यो । दिउँसो १ बजे नेप्से आजको न्यूनतम अंक २६३४ अंकसम्म झरेको थियो ।

    कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा २०२ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटे । फाइनान्स ०.१९ तथा व्यापार ०.८१ प्रतिशत बढे ।

    बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.१०, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.६४ र अन्य १.०२ प्रतिशत घटे ।

    हालै सूचीकृत भएका दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ४५६.२० रुपैयाँ पुगेको छ ।

    भुजुङ हाइड्रोपावरको मूल्य १४.६९ प्रतिशत, सीवाईसी लघुवित्तको ९.९०, सपोर्ट माइक्रोफाइनान्सको ५.८९ प्रतिशत मूल्य बढ्यो । सोपान फर्मास्युटिकल्सको ५.०५ तथा भगवती हाइड्रोपावरको ३.६६ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी विकास बैंक र साहस ऊर्जा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend