२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा


सञ्चार डबली
  • शुक्रबार, असार ५ २०८३
  • 2.0K
    SHARES

  • images
    युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend