२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचक ६ दशमलव ३१ अङ्कले घट्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, असार २ २०८३
  • 3.2K
    SHARES

  • images
    नेप्से परिसूचक ६ दशमलव ३१ अङ्कले घट्यो, कति भयो कारोबार ?

    काठमाडौं । लगातार चौथो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । अघिल्लो दिन १२.२६ अंक घटेको बजार परिसूचक नेप्से आज ६.३१ अंक घटेको छ । यसअघि शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो ।

    आजको कारोबारपछि नेप्से परिसूचक २७०५ अंकमा झरेको छ । बजार खुल्दा हरियो देखिएको नेप्से ५ मिनेट पनि टिक्न सकेन । दिउँसो १२ : ५३ बजे नेप्से परिसूचक दिनभरको न्यूनतम अंक २७०१ सम्म झर्‍यो ।

    आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४ करोडको भयो ।

    ७३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । व्यापार ०.३१ प्रतिशत बढ्यो ।

    बैंकिङ ०.३२, विकास बैंक ०.४२, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.१६, हाइड्रोपावर ०.२८, लगानी ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.४० तथा अन्य ०.०६ प्रतिशत घटे ।

    दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ७०३.१० रुपैयाँ तथा एपोलोको ६०२.४० रुपैयाँ पुगेको छ ।

    दोल्ती पावरको ६.३४, बुंगल हाइड्रोको ५.५१ तथा मेन्छियाम हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो । त्यस्तै सयपत्री हाइड्रोपावरको ४.९०, युनिक नेपाल लघुवित्तको ४.०३, कालिन्चोक हाइड्रोपावरको ३.५४, रिलायन्स स्पिनिङ मिल्किो ३.४१ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, सिद्धार्थ बैंक, रावा इनर्जी, रिलायन्स स्पिनिङ मिल्स र बुंगल हाइड्रो छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend