२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आइतवारको राशिफल : आजको दिन तपाईँको लागि कत्तिको फलदायी रहला ?


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 1.2K
    SHARES

  • images
    आइतवारको राशिफल : आजको दिन तपाईँको लागि कत्तिको फलदायी रहला ?

    आज वि.सं. २०८३ असोज ११ गते तदनुसार २७ सेप्टेम्बर २०२६ आइतवार, आश्विन कृष्णपक्ष प्रतिपदा तिथि, उत्तरभाद्रपदा नक्षत्र, मध्यान्ह १२ बजेर २१ मिनेटपछि रेवती, चन्द्रराशि मीन ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    काममा परिश्रमअनुसार प्रतिफल कम मिल्नेछ र खर्च बढ्न सक्छ। खराब व्यक्तिको विश्वास गर्दा समस्या आउन सक्छ। पढाइ तथा प्रेमसम्बन्धमा केही असहजता देखिए पनि आत्मविश्वास बढ्नेछ। वैदेशिक यात्रा र विदेशी सामानको व्यापारमा अवसर मिल्नेछ। नजिकका व्यक्तिसँगको कुराकानीले सम्बन्ध सुधारिनेछ। स्वास्थ्यका लागि पर्याप्त पानी, आराम र खानपानमा ध्यान दिनु उचित हुनेछ। 

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आर्थिक दृष्टिले दिन अनुकूल रहनेछ। अधुरा योजना पूरा हुनेछन् भने व्यापार तथा पशुपालनबाट लाभ मिल्नेछ। परिवारमा सुखद् वातावरण बन्नेछ र पुर्ख्यौली सम्पत्तिबाट फाइदा लिन सकिनेछ। पढाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। प्रेमसम्बन्ध सुमधुर बन्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत भेटिनेछन्। मेहनतको उचित मूल्याङ्कन हुँदा आत्मविश्वास पनि बढ्नेछ।  उत्साहजनक परिणाम मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    पैतृक काम तथा सम्पत्तिबाट आर्थिक लाभ मिल्नेछ। लक्ष्यतर्फका प्रयास सकारात्मक दिशामा अघि बढ्नेछन्। पढाइमा राम्रो नतिजा प्राप्त हुनेछ भने प्रेमसम्बन्धमा निकटता बढ्नेछ। परिवारसँग यात्रा र मनोरञ्जनको अवसर मिल्नेछ। साथीबाट उत्साहजनक खबर सुन्न पाइनेछ। पेशागत क्षेत्रमा तपाईंको विचारको महत्व बढ्नेछ। पुराना कमजोरीका कारण प्रतिष्ठामा असर पर्न सक्ने भएकाले सावधानी आवश्यक छ। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    प्रविधिको प्रयोगबाट आफ्ना विचार सार्वजनिक गर्न सकिनेछ। धार्मिक यात्रा तथा मन्दिर दर्शनको अवसर मिल्नेछ। प्रेममा साथ पाइनेछ र रमाइलो यात्रा हुन सक्छ। खाद्यान्न, निर्माण सामग्री तथा अटो पार्ट्सको व्यापारमा वृद्धि हुनेछ। विदेश अध्ययन वा कामका लागि प्रयास सफल हुन सक्छ। परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोस्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    काम समयमा पूरा नहुँदा दुःख र आर्थिक दबाब आउन सक्छ। दिदीबहिनीसँग मनमुटाव बढ्न सक्छ भने सवारी तथा भौतिक सम्पत्ति प्रयोगमा सावधानी आवश्यक छ। पढाइमा ध्यान कम हुन सक्छ र प्रेममा अविश्वास बढ्न सक्छ। पारिवारिक कुरा बाहिरिँदा कलहको सम्भावना छ। सामाजिक भेटघाटबाट राम्रो प्रभाव पर्नेछ। स्वास्थ्य, खानपान र खर्चमा विशेष ध्यान दिनुहोस्।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    परम्परालाई समयअनुकूल परिवर्तन गर्ने अवसर मिल्नेछ। इच्छाशक्ति बढ्नेछ र प्रयास गरेका काम छिट्टै पूरा हुन सक्छन्। विशेष समारोहमा मानसम्मान तथा प्रतिष्ठा प्राप्त हुनेछ। परिवारसँग आत्मीयता बढ्नेछ र प्रेमसम्बन्ध सुमधुर बन्नेछ। धार्मिक यात्रा तथा मनोरञ्जनको अवसर मिल्नेछ। अधुरा निजी काम पूरा हुँदा खुसी बढ्नेछ। कार्यक्षेत्रमा क्षमता देखाउने अवसर र विशेष उपहार प्राप्तिको सम्भावना पनि छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यवसायबाट राम्रो आम्दानी हुने र पुराना कारोबार मिलाउने समय छ। विरोध गर्नेहरूलाई पछि पार्दै अघि बढ्न सकिनेछ। आफन्त तथा मावली पक्षबाट सहयोग मिल्नेछ। विवाद वा न्यायिक निर्णयमा अनुकूल परिणाम आउने सम्भावना छ। पढाइमा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। नजिकको व्यक्तिको सुझावले निर्णय स्पष्ट बनाउनेछ। सामाजिक काम, साझेदारी र पुरानो मित्रताबाट नयाँ अवसर प्राप्त हुन सक्छ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    उपहार तथा चिट्ठाबाट लाभ मिल्ने सम्भावना छ भने भौतिक सम्पत्तिबाट पनि फाइदा हुन सक्छ। शिक्षा क्षेत्रमा लगानी गर्दा आम्दानी बढ्नेछ। परिवारमा नयाँ सदस्यको आगमन र सन्तानको प्रगति देख्न पाइनेछ। व्यापारमा लगानीबाट राम्रो आम्दानी हुन सक्छ। प्रेम तथा सम्बन्ध आत्मीय बन्नेछन्। अनावश्यक खर्च रोक्नु आवश्यक छ। थकान भए पर्याप्त विश्राम लिनुहोस् तथा धनमाल सुरक्षामा सजग रहनुहोस्।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    नयाँ काम सुरु गर्नुभन्दा पुराना कामलाई निरन्तरता दिनु उचित हुनेछ। घरायसी सुखसुविधामा केही कमी महसुस हुन सक्छ। काम बिग्रँदा सम्मान तथा प्रतिस्पर्धामा असर पर्न सक्छ। स्वास्थ्यमा विशेषगरी छातीसम्बन्धी समस्या देखिन सक्छ। परदेश यात्रा असहज लाग्न सक्छ। टाढाको व्यक्तिसँगको कुराकानीले आत्मीयता फर्काउनेछ। पढाइ, नयाँ ज्ञान र व्यवसायिक सम्पर्कबाट लाभ मिल्नेछ। आश्वासनमा भर पर्दा सावधानी अपनाउनुहोस्।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    उद्योग तथा उत्पादनमूलक व्यवसायमा लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। छोटो दूरीको उपलब्धिमूलक यात्रा हुन सक्छ। व्यापारमा लाभ मिल्नेछ र दाजुभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ। प्रेमका लागि समय अनुकूल रहनेछ। पुराना विवाद समाधान हुनेछन्। परिवारसँग यात्रा तथा मनोरञ्जनको अवसर मिल्नेछ। मेहनतको राम्रो परिणामले सन्तुष्टि बढाउनेछ। आर्थिक योजना बनाउँदा भविष्यका फाइदा हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    परिवार तथा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत भेटिनेछन् र श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। उठ्नुपर्ने रकम प्राप्त हुन सक्छ। पढाइमा सफलता मिल्नेछ र परिवारसँग रमाइलो समय बित्नेछ। पेशागत क्षेत्रमा नयाँ जानकारी उपयोगी बन्नेछ। आत्मविश्वासको कमीले काममा असर पर्न सक्छ। खर्च, वादविवाद र गोपनीय सूचनामा सावधानी अपनाउनुहोस्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    सबैको सहयोगले काम गर्ने उत्साह बढ्नेछ। सामाजिक काममा समय बित्दा मन प्रसन्न रहनेछ। व्यापारमा लगानीबाट आम्दानी बढ्न सक्छ। प्रेमसम्बन्धमा निकटता बढ्नेछ र परिवार मित्रसँग यात्रा हुनेछ। भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग छ। परिवारसँग यात्राले आराम र खुसी दिनेछ। आर्थिक पक्षमा आशावादी खबर मिल्नेछ। स्वास्थ्यमा खर्च बढ्न सक्छ, तर इच्छाशक्तिले लक्ष्यतर्फ अघि बढाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend