२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • सोमबार, असार १ २०८३
  • 3.2K
    SHARES

  • images
    नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो, कति भयो कारोबार ?

    काठमाडौं । अघिल्लो दिन ४ अंक घटेको सेयर बजार सोमबार १२.२६ अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७११ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा बजारले बढ्ने संकेत देखाए पनि १५ मिनेट पनि टिकेन । सवा ११ बजेपछि दिनभर नेप्से रातो अंकमा रह्यो ।

    आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो ।  ७३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने १२ को स्थिर रह्यो । उत्पादनबाहेक सबै समूहका सूचक झरे । उत्पादन ०.११ प्रतिशत बढ्यो ।

    अन्य समूह सबैभन्दा धेरै १.८२ प्रतिशत घट्यो । त्यस्तै व्यापार १.४२, निर्जीवन बीमा ०.९१, माइक्रोफाइनान्स ०.०५, जीवन बीमा ०.२९, लगानी ०.३४, हाइड्रोपावर ०.४९, होटल तथा पर्यटन ०.४४, फाइनान्स १.२६, विकास बैंक ०.५४ तथा बैंकिङ ०.०२ प्रतिशत घटे ।

    दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ६११.४० रुपैयाँ तथा एपोलोको ५२३.९० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावरको ३.९१, एसवाई प्यानलको ३.९१ तथा दोल्ती पावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।

    ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ७.९४ प्रतिशत घट्यो । रावा इनर्जीको ७.०६, सेन्ट्रल फाइनान्सको ५.९२, नेपाल पुनर्बीमाको ४.१३ तथा नेपाल फाइनान्सको ३.४९ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, सिटी होटल र सेन्ट्रल फाइनान्स छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend