२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 9.7K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

    काठमाडौ, १७ साउन । आज प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

    संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend