काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार झिनो अंकले सुधार देखिएको छ । नेप्से परिसूचक २.५७ अंक बढेको हो । सो वृद्धिपछि २७३६ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमा सीमित रह्यो ।
आज कारोबार रकम उच्च दरले घटेको छ । अघिल्लो दिन ६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब २९ करोडको भयो । १२७ कम्पनीको मूल्य बढ्दा १३४ को घट्यो भने १० को स्थिर रह्यो ।
सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०७ अंक मात्रै बढ्यो । विकास बैंक ०.२१, फाइनान्स ०.०८, होटल तथा पर्यटन ०.५४, जलविद्युत् ०.६५, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत बढे ।
लगानी ०.०८, जीवन बीमा ०.३२, निर्जीवन बीमा ०.२४, अन्य ०.०३ तथा व्यापार ०.४३ प्रतिशत घटे । माइक्रोफाइनान्स समूह ०.४४ अंक घट्यो ।


