२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचक २२ दशमलव २१ अङ्कले बढ्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, जेठ १९ २०८३
  • 4.3K
    SHARES

  • images
    नेप्से परिसूचक २२ दशमलव २१ अङ्कले बढ्यो, कति भयो कारोबार ?

    काठमाडौं । अघिल्लो दिन २६ अंक घटेको सेयर बजार मंगलबार २२.२१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७७७ अंकमा कायम भएको छ । सुरुवाती समयमा बजारमा केही उतारचढाव देखिए पनि १२ : २५ बजेपछि भने उकालो गति लियो ।

    १८४ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने १० को स्थिर रह्यो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ५ अर्ब २६ करोडको भयो ।

    फाइनान्स समूहको सूचकमा आज उच्च वृद्धि देखिएको छ । सो समूहको सूचक ६.०३ प्रतिशत बढ्यो । केही फाइनान्स कम्पनीको मूल्यमा उच्च वृद्धि हुँदा समूह नै प्रभावित बन्यो ।

    उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक बढेका हुन् । उत्पादन भने ०.४२ प्रतिशत घट्यो । अन्य समूह ३.८४ प्रतिशत बढ्यो । नेपाल पुनर्बीमा र हिमालयन रिजस्ता ठूला कम्पनीको मूल्य बढ्दा यो समूहमा पनि प्रभाव देखिएको हो ।

    बैंकिङ ०.४१, विकास बैंक ०.५९, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावर ०.६१, लगानी ०.२०, जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा १.०२ तथा व्यापार १.१३ प्रतिशत बढे ।

    कालिन्चोक हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशत बढ्यो । त्यस्तै सेन्ट्रल फाइनान्सको १३.६७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १०.५७, नेपाल पुनर्बीमाको ९.४४, गोर्खाज फाइनान्सको ९.२६, रिलायन्स फाइनान्सको ८.५६, गुडविल फाइनान्सको ८.४४ तथा मल्टिपर्पस फाइनान्सको ८.१८ प्रतिशत मूल्य बढ्यो ।

    बुंगल हाइड्रोपावरको ४.४९, झापा इनर्जीको ४.१९ तथा आत्मनिर्भर लघुवित्तको ३.०१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend