२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शेयर बजारको कर विवाद टुङ्गियो, अर्थमन्त्रीले भने:‘७.५ र १० प्रतिशत नै फाइनल हो’


सञ्चार डबली
  • आइतबार, जेठ १७ २०८३
  • 5.2K
    SHARES

  • images
    शेयर बजारको कर विवाद टुङ्गियो, अर्थमन्त्रीले भने:‘७.५ र १० प्रतिशत नै फाइनल हो’

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारको पुँजीगत लाभकरका विषयमा भइरहेको भ्रम र अनिश्चितता अन्त्य गरेका छन् । 

    अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि तोकिएको क्रमशः १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम भएको उनले आइतबार पत्रकार सम्मेलनमार्फत प्रस्ट पारेका हुन् । 

    बजेट सार्वजनिक भएपछि करको दरलाई लिएर डेलिगेसन आउने क्रम सुरु भएको सङ्केत गर्दै मन्त्री वाग्लेले यो विषय अब बन्द भइसकेको बताएका छन् । 

    शेयर मार्केटको विषयमा फाइनल हो कि होइन भनेर प्रश्न उठिरहेको छ। म प्रस्ट भन्छु, यो फाइनल नै हो । ५ प्रतिशतलाई बढाएर साढे ७ प्रतिशत र साढे ७ प्रतिशतलाई १० प्रतिशत बनाएर फाइनल, सिल्ड र डन भइसकेको छ’। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend