२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचक ८.७८ अंकले बढ्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, वैशाख २२ २०८३
  • 2.4K
    SHARES

  • images
    नेप्से परिसूचक ८.७८ अंकले बढ्यो, कति भयो कारोबार ?

    काठमाडौँ- सेयरबजार आज सामान्य अंकले बढेको छ । नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा बन्द भएको छ ।

    नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ४ अर्ब २६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएको छ । यसदिन ३३५ वटा धितोपत्रको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भएको हो । 

    मंगलबार १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ। यस्तै, १६ कम्पनी स्थिर छन् । यसदिन, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ११.१६ प्रतिशतले बढेको छ ।  उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३८ रूपैयाँ पुगेको छ ।

    यस्तै, सोलु हाइड्रोपावरको मूल्य ७.५६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७१८ रूपैयाँ ५० पैसा कायम भएको छ ।

    सर्वाधिक मूल्य घट्नेमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ । उक्त कम्पनीको मूल्य ९.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १४३ रूपैयाँमा झरेको छ । 

    यसैगरी, सुपर खुदी हाइड्रोपावरको मूल्य ३.१३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३० रूपैयाँमा सीमित भएको छ । मंगलबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

    उक्त कम्पनीको ७१८ रूपैयाँ ५० पैसामा २३ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । उक्त कम्पनीको तीन हजार ७५० रूपैयाँमा १२ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ बाँकी ६ समूहको परिसूचक घटेको छ । यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend